२ शमूएल 20:12 - पवित्र बाइबल12 अमासाको शरीर बाटोको बीचमा रगतमा मुछिएर लडिरहेको थियो। त्यस जवान सिपाहीलाई लाग्यो कि अमासाको लाश हेर्न सबै त्यहाँ रोकिए। यसैले उसले लाशलाई बाटोबाट खेततिर पल्टाइदियो। तब उसले यस लाशलाई लुगाले ढाकि दियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अमासाको लाश रगतमा लटपटिएर मूलबाटोको बीचमा पड़िरहेको थियो, अनि त्यस मानिसले सबै फौज त्यहाँ अड़िएका देख्यो। जब त्यसले देख्यो कि अमासा भएको ठाउँमा आउने जति त्यहाँ अड़िन्थे, तब त्यसले अमासाको लाशलाई बाटोदेखि परतिर खेतमा घिस्स्याउँदै लगेर त्यहाँ फ्याँकिदियो, र त्यसलाई एउटा लुगाले ढाकिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 रगतमा लतपत भएका अमासाको शरीर बाटोका बीचमा लडिरहेको थियो। सबै जना लाशको छेउ अडिँदै थिए र त्यस मानिसले लाश बाटोबाट तानेर लगी मैदानमा फालीदियो र त्यसलाई एउटा लुगाले छोपिदियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अमासाचाहिँ बाटोको बीचमा रगतमा भिजेर लडिरहेका थिए। तब त्यस मानिसले सबै सेनाहरू त्यहाँ आएर अडिएका देखे। जब त्यो मानिसले अमासा भएको ठाउँमा जो जति पनि आएर अडिएको देख्यो, त्यसले अमासालाई घिस्याएर खेतमा लग्यो, र त्यसमाथि एउटा लुगा फ्याँकिदियो। Viz kapitola |