२ शमूएल 20:10 - पवित्र बाइबल10 अमासाले योआबको देब्रे हातमा भएको तरवार ख्यालै गरेनन्। त्यही मौकामा योआबले तरवारद्वारा अमासाको भुँडी रोपिदिन्छ। अमासाको आन्द्रा भुँडी भुँइभरि हुन्छ। योआबले अर्कोचोटि रोप्न परेन ऊ मरिसकेको थियो। तब योआब र तिनका भाइ अबीशैले बिक्रीको छोरा शेबाको लगातार खोजी गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अमासाले योआबको हातमा भएको छुरीको ख्यालै गरेनन्। अनि योआबले तिनको भुँड़ीमा त्यो रोपिदिए, र तिनको आन्द्रा-भुँड़ी भूइँमा झर्यो। तिनले दोस्रो पल्ट हिर्काउनैपरेन, किनभने अमासा मरिहाले। तब योआब र तिनका भाइ अबीशै बिक्रीको छोरो शेबालाई खेद्दैगए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 अर्को हातमा योआबले आफ्नो तरवार समातेका थिए; तर अमासाले त्यसको ख्यालै गरेनन्। योआबले उनको पेटमा तरवार रोपिदिए र उनको आन्द्रा-भुँडी बाहिर निस्केर भूइँमा झर्यो। अमासा तुरुन्तै मरिहाले र योआबले दोस्रोपल्ट तरवार चलाउनै परेन। त्यसपछि योआब र उनका भाइ अबीशै शेबाको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अमासाले योआबको हातको तरवारतिर ध्यानै दिएनन्। अनि योआबले तिनको पेटमा तरवार रोपिदिए; र तिनको आन्द्राभुँडी बाहिर भुइँमा झारिदिए। फेरि तरवार प्रहार गर्नै नपरी अमासा मरे। त्यसपछि योआब र तिनको भाइ अबीशैले बिकरीको छोरा शेबालाई खेद्न थाले। Viz kapitola |