Online Bible

- Reklamy -




२ शमूएल 19:43 - पवित्र बाइबल

43 इस्राएलीहरूले जवाफ दिए, “दाऊदको राज्यको बाह्र भागमा दश भाग हामीसँग छ। यसैले तपाईंहरूको भन्दा बढ्ता अधिकार हाम्रो छ। तर तिमीहरूले हामीलाई ध्यान दिएनौं राजालाई ल्याउनु पर्छ भन्ने पहिलो मानिसहरू हामी नै थियौं।” तर यहूदाका मानिसहरूले इस्राएलीहरूलाई नराम्रो जवाफ दिए। यहूदाका मानिसहरूको वचनहरू ती इस्राएलीहरूको भन्दा ज्यादा कठोर थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्, अनि त्‍यसबाहेक दाऊदमाथि तपाईंहरूको भन्‍दा हाम्रो बढ़ी हक छ। तपाईंहरू हामीलाई किन तुच्‍छ सम्‍झनुहुन्‍छ? राजालाई फर्काइल्‍याउने कुरा के हामीले पहिले निकालेका थिएनौं र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्‍दा झन्‌ कड़ा कुरा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 इस्राएलीहरूले जवाफ दिए, “उनी तिमीहरूबीचकै एक जना भए पनि दाऊद राजामाथि हाम्रो अधिकार तिमीहरूको भन्दा दश गुणा धेरै छ। किन तिमीहरू हामीलाई हेला गर्छौ। यो कुरा नभुल कि राजालाई फर्काइल्‍याउने कुरा हामीले सबैभन्दा पहिले उठाएका थियौं!” तर यहूदाका मानिसहरूले आफ्‍नो दाबी जनाउन इस्राएलका मानिसहरूले भन्दा धेरै झोक देखाएर कुरा गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 तब इस्राएलका मानिसहरूले यहूदाका मानिसहरूलाई जवाफ दिए, “राजामा हाम्रा दश भाग छन्। यसैले दावीदमाथि हाम्रो दाबी तिमीहरूको भन्दा बढी छ। तब तिमीहरू किन हामीलाई तुच्छ व्यवहार गर्छौ? के हाम्रा राजालाई फर्काएर ल्याउने कुरा हामीले पहिले गरेका होइनौँ र?” तर यहूदाका मानिसहरूले इस्राएलका मानिसहरूले भन्दा झन् बलियो कुरा गरे।

Viz kapitola kopírovat




२ शमूएल 19:43

Následuj nás:

Reklamy


Reklamy