२ शमूएल 19:26 - पवित्र बाइबल26 मपीबोशेतले जवाफ दिए, “मेरा मालिक राजा, मेरो नोकरले मलाई झुक्कायो। म लङ्गडो भएको हुनाले मैले मेरो नोकर सीबालाई भनें, ‘गधामा जीन लगाम कस म चढेर राजालाई भेट्न जान्छु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 उनले जवाफ दिए, “हजूर, मेरो नोकर सीबाले मलाई धोका दियो। म त गधामा जीन-लगाम कसेर राजाको साथमा जानलाई इच्छा गरेको थिएँ, किनभने म लङ्गड़ा छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उनले जवाफ दिए, “राजन्! हजुरलाई थाहा छ कि म लङ्गडो छु। मैले त हजुरसित नै जाऊँ भनी गधामा जीन लगाम कस्न आफ्नो चाकरलाई आज्ञा दिएको थिएँ। तर त्यसले मलाई धोका दियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिनले भने, “मेरा मालिक महाराजा, म हजुरको सेवक लङ्गडो भएको कारण म गधामा जीन-लगाम कसेर चढेर हजुरसँग जानेछु भनी मैले सोचेको थिएँ। तर मेरो सेवक सीबाले मलाई धोका दियो। Viz kapitola |