२ शमूएल 18:5 - पवित्र बाइबल5 योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालु बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू।” अब्शालोमलाई जोगाइदिनू भनी राजाले आफ्ना प्रत्येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उनले योआब, अबीशै र इत्तैलाई यस्तो आज्ञा दिए, “मेरो खातिर त्यस अब्शालोमलाई केही हानि नगरिदिनू।” दाऊदले आफ्ना अधिकृतहरूलाई यस्तो आज्ञा गरेको सारा सेनाले सुन्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने। Viz kapitola |