२ शमूएल 18:3 - पवित्र बाइबल3 तर मानिसहरूले भने, “होइन! तपाईं हामीसित नजानुहोस्। कारण के हो भने, यदि हामी युद्धभूमिबाट विमुख भयौं भने अब्शालोमका मानिसहरूलाई प्रभाव पर्दैन। यदि हामी आधा नै मर्यौ भने पनि त्यत्ति फरक पर्दैन। तर तपाईं 10,000 को संख्याका हामीभन्दा महत्वपूर्ण हुनुहुन्छ। तपाईं यही शहरमा बस्नु भए असल हुन्छ। यदि हामीलाई दरकार पर्यो भने सहयोग पुर्याउनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर मानिसहरूले भने, “होइन, हजूरचाहिँ नआउनुहोला। यदि हामीले फर्केर भाग्नुपर्यो भने कसैले हामीलाई केही वास्ता गर्नेछैन। हामी आधै मर्यौं भने पनि उनीहरूले वास्ता गर्नेछैनन्। तर हजूर त हामी दश हजार बराबर हुनुहुन्छ। यसैले हजूर सहरमा बसेर हाम्रो सहायता गर्नुभए असल हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिनीहरूले जवाफ दिए, “तपाईं हामीहरूसित जानुहुन्न। हामी सबै लडाइँबाट पिठ्यूँ फर्काएर भाग्यौं अथवा आधाजति मारियौं भने पनि त्यसले शत्रुलाई केही फरक पार्नेछैन; तर हजुर त हामी दश हजार बराबर हुनुहुन्छ। हजुर यहाँ सहरमा बस्नुभएर हामीलाई मद्दत पठाइदिनुभए असल हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर मानिसहरूले भने, “हजुर बाहिर ननिस्कनुहोस्। यदि हामी भाग्न बाध्य भयौँ भने पनि तिनीहरूले हाम्रो बारेमा वास्ता गर्नेछैनन्। यदि हामीमध्ये आधाजति नै मर्यौँ भने पनि तिनीहरूले वास्ता गर्नेछैनन्। तर हजुर त हाम्रा दश हजार बराबरको हुनुहुन्छ। अहिले हजुरले सहरबाट हामीलाई सहयोग गर्नुभए असल हुनेछ।” Viz kapitola |