२ शमूएल 18:14 - पवित्र बाइबल14 योआबले भने, “म यहाँ तँसँग समय बरबाद गर्दिन।” अब्शालोम अझै जीवितै बजराँठको रूखमा झुण्डिरहेको थिए। योआबले तीनवटा भाला निकालेर अब्शालोमलाई हाने। भाला गएर अब्शालोमको मुटुमै रोपियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 योआबले भने, “तँसित मेरो समय फाल्न म चाहन्नँ।” तब योआबले तीन वटा बर्छा लिए, र अब्शालोम रूखमा त्यसरी जिउँदै झुण्डिरहेको बेलामा तिनको छातीमा रोपिदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 “म आफ्नो समय तँसित खेर फाल्न चाहन्नँ,” योआबले भने। उनले तीन वटा बर्छा लिए र रूखमा जिउँदै झुण्डिरहेका अब्शालोमको छातीमा रोपिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 योआबले भने, “म तँसँग कुरा गरेर समय खेर फाल्न सक्दिनँ।” यसकारण तिनले आफ्नो हातमा तीन वटा बर्छा लिए। अनि अब्शालोम फलाँटको रूखमा अझ जिउँदै झुण्डिरहेका बेला उनले ती तिनको मुटुमा रोपिदिए। Viz kapitola |