२ शमूएल 18:12 - पवित्र बाइबल12 त्यस मानिसले योआबलाइ भने, “यदि मलाई 1,000 चाँदीको टुक्रा दिएको भएता पनि म राजाको छोरालाई केही गर्ने थिइनँ। कारण राजाले तपाईं अबीशै र इत्तैलाई भएको आदेश हामीले सुन्यौ। राजाले भनेका थिए, ‘नौजवान अब्शालोमलाई चोट नपुर्याउनु।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तर त्यस मानिसले उत्तर दियो, “तपाईंले मलाई एक हजार चाँदीका सिक्का दिनुभएको भए तापनि म राजपुत्रको विरुद्धमा हात उठाउनेथिइनँ। किनभने ‘जसले त्यस जवान अब्शालोमलाई फेला पार्ला त्यसले उसलाई मेरो खातिर जोगाइदिनू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई हुकुम गर्नुभएको हामी सबैले सुनेका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर त्यस मानिसले उत्तर दियो, “तपाईंले मलाई चाँदीका हजार टुक्रा दिनुभए पनि म राजकुमारको विरुद्धमा आफ्नो एउटा औँलोसम्म पनि उठाउनेथिइनँ। मेरो खातिर त्यस अब्शालोमलाई केही हानि नगर्नू भनी राजाले तपाईं, अबीशै र इत्तैलाई आज्ञा गरेका हामी सबैले सुनेका थियौं।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर त्यस मानिसले जवाफ दियो, “मेरो हातमा चाँदीका एक हजार शेकेल नै जोखेर दिनुभएको भए तापनि म राजाको छोराको विरुद्धमा हात उठाउने थिइनँ। हामीले सुन्ने गरी तपाईंलाई, अबीशै र इत्तैलाई, ‘मेरो खातिर त्यस जवान अब्शालोमलाई हानि नगर्नू’ भनी राजाले आज्ञा दिनुभएको थियो। Viz kapitola |