२ शमूएल 17:21 - पवित्र बाइबल21 अब्शालोमको नोकर हिँडेपछि जोनाथन र अहीमास कुवाबाट निस्किए। तिनीहरू दाऊदलाई खबर भन्न गए। तिनीहरूले दाऊदलाई भने, “छिटो, नदी पार गरिहाल्नु होस्। अहीतोपेलले तपाईंको विरूद्धमा यस्तो योजना बनाएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 जब उनीहरू गइसके तब ती दुई मानिसहरू इनारबाट उक्लेर निस्के, र दाऊद राजाकहाँ गएर सबै कुरा बताइदिए। तिनीहरूले भने, “उठ्नुहोस्, र झट्टै खोला तर्नुहोस्।” अनि राजाको विरुद्धमा अहीतोपेलले गरेको युक्ति तिनीहरूले सुनाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 तिनीहरू हिंडेपछि अहीमास र जोनाथन इनारबाट निस्के र दाऊद राजाकहाँ गई उनलाई सबै कुरा सुनाए। अहीतोपेलले राजाको विरुद्धमा के युक्ति गरेको थियो, त्यो तिनीहरूले उनलाई सुनाएर यसो भने, “चाँडो गरी नदी पार गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जब ती मानिसहरू गइसके, तब ती दुई जना इनारबाट निस्किआए। अनि दावीद राजालाई खबर दिन गए। तिनीहरूले राजालाई भने, “तुरुन्तै उठ्नुहोस्, र नदी पार गरिहाल्नुहोस्। अहीतोपेलले तपाईंको विरुद्धमा सल्लाह दिएका छन्।” Viz kapitola |