Online Bible

- Reklamy -




२ शमूएल 17:20 - पवित्र बाइबल

20 अब्शालोमको नोकर त्यस महिलाको घरमा आएर सोधे, “अहिमास र जोनाथन कहाँ छन्?” त्यस महिलाले अब्शालोमको नोकरलाई भनिन्, “तिनीहरूले त खोला तरिसके होला।” अब्शालोमको नोकर जोनाथन र अहीमासको खोजीमा अघि बढ्यो। तर तिनीहरूलाई भेट्न सकेनन् यसर्थ अब्शालोमको नोकर यरूशलेम फर्कियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अब्‍शालोमका मानिसहरू आएर त्‍यस स्‍त्रीलाई सोधे, “अहीमास र जोनाथन कहाँ छन्‌?” त्‍यसले भनी “तिनीहरू त खोला पारि गए।” ती मानिसहरूले यताउता खोजे, तर कसैलाई भेट्टाएनन्‌। यसैले उनीहरू यरूशलेममा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अब्‍शालोमका भारदारहरू त्‍यस घरमा गए र त्‍यस स्‍त्रीलाई सोधे, “अहीमास र जोनाथन खोई?” “तिनीहरू खोला पार गरेर गए” त्‍यसले उत्तर दिई। ती मानिसहरूले ती दुईलाई खोजे तर भेट्टाएनन् र तिनीहरू यरूशलेम फर्के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 जब अब्शालोमका मानिसहरू त्यस स्त्रीका घरमा आए, तब तिनीहरूले सोधे, “अहीमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले तिनीहरूलाई जवाफ दिई, “तिनीहरू त खोला तरेर पारि गइसके।” ती मानिसहरूले तिनीहरूलाई खोजे, तर एउटैलाई पनि भेट्टाएनन्। यसकारण तिनीहरू यरूशलेम फर्के।

Viz kapitola kopírovat




२ शमूएल 17:20

Následuj nás:

Reklamy


Reklamy