२ शमूएल 17:17 - पवित्र बाइबल17 पूजाहारीका छोरा जोनाथन अनि अहीमास एन-रोगेलमा पर्खिएका थिए। शहरभित्र आफू नदेखुन् भनेर तिनीहरू चाहान्थे, यसैले एउटी नोकर्नी तिनीहरूकहाँ आइन् र तिनले खबर दिइन्। तब जोनाथन र अहीमास दाऊदलाई खबर भन्न हिँडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जोनाथन र अहीमासचाहिँ एनरोगेलमा पर्खिबसेका थिए, र एउटी दासी गएर तिनीहरूलाई खबर दिन्थी, अनि तिनीहरूले चाहिँ दाऊदलाई खबर दिन्थे। किनभने सहरभित्र कसैले देख्ने खतरामा पर्न तिनीहरू चाहँदैनथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 अबियाथारको छोरो जोनाथन र सादोकको छोरो अहीमास यरूशलेमदेखि बाहिर एन-रोगेलको मुहाननिर फर्केर बसेका थिए किनभने कसैले देख्दा-देख्दै सहरभित्र पसिजाने आँट तिनीहरूले गर्न सकेनन्। घरीघरी एउटी दासी आएर सहरभित्र के-कसो हुँदैछ, तिनीहरूलाई खबर दिन्थी र तिनीहरूले गएर दाऊद राजालाई खबर दिन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जोनाथन र अहीमासचाहिँ एन-रोगेलमा बसेका थिए। एउटी सेविकाले गएर तिनीहरूलाई सूचना दिनुपर्थ्यो। अनि तिनीहरूले चाहिँ गएर दावीद राजालाई खबर गर्नुपर्थ्यो। किनकि तिनीहरूले सहरभित्र पस्दैगर्दा कसैले देख्ने जोखिम उठाउन चाहँदैनथिए। Viz kapitola |