२ शमूएल 16:1 - पवित्र बाइबल1 दाऊद जैतुन डाँडाको टापुमा अलिक पर मात्र पुगेका थिए, मपीबोशेतको नोकर सीबाले दाऊदलाई भेटे। सीबासँग जीन लगाम कस्सिएका दुइवटा गधा थिए। गधामा 200 रोटी, 100 झुप्पा किसमिस, 100 ग्रीष्मफल र दाखरस लादिएको एउटा मसक थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊद डाँड़ाको टाकुराबाट अलिक पर मात्र पुगेको बेलामा मपीबोशेतको नोकर सीबासँग तिनको भेट भयो। त्यसले आफूसँग दुई सय रोटी, एक सय झुप्पा किसमिस, नेभाराका एक सय डल्लो र एक मशक दाखमद्य जीन-लगाम कसेका एक हूल गधामा बोकाएर ल्याएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दाऊद डाँडाको टुप्पोबाट केही टाढासम्म पुग्दा अचानक मपीबोशेतको चाकर सीबाले उनलाई भेट्यो। दुई सय रोटी, एक सय झुप्पा किसमिस, एक सय झुप्पा ताजा फलफूल र एक मशक दाखमद्यले लादेका दुई वटा गधा सीबासित थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब दावीद डाँडाको टाकुराबाट केही पर पुगे, तब त्यहाँ मपीबोशेतको सेवक सीबा तिनलाई भेट्न पर्खिरहेका थिए। तिनीसँग दुई सय रोटी, किसमिसका एक सय झुप्पा, नेभाराका एक सय डल्ला र एक मशक दाखमद्यको भारीले लादिएका गधाहरू थिए। Viz kapitola |