२ शमूएल 14:7 - पवित्र बाइबल7 अहिले सबै परिवारका सदस्यहरू मेरो विरूद्धमा छन्। तिनीहरू भन्छन्, ‘त्यस हत्यारा छोरालाई हाम्रो अघि ल्याऊ, हामी। पनि त्यसलाई मार्छौ। किनभने त्यसले आफ्ना भाइ मार्यो।’ मेरो छोरा घरको बत्ती हो। यदि तिनीहरूले त्यसलाई मारिदिए भने त्यो अन्तिम बत्ती पनि निभ्नेछ। बाबुको सम्पत्तिको हकदार त्यही एउटै त बाँचिरहेको छ। यदि त्यो मारियो भने मेरो पतिको नाउँ यस पृथ्वीबाट नाउँ निशन नै मेटिने छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब हेर्नुहोस्, मेरा सबै आफन्तहरू मेरो विरुद्धमा उठेर यसो भन्छन्, ‘आफ्नो भाइ मार्नेलाई हामीकहाँ सुम्पिदेऊ र त्यसले आफ्नै भाइको हत्या गरेको हुनाले हामी त्यसलाई मार्नेछौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिनेछौं’। यदि तिनीहरूले त्यसो गरे भने मेरो एउटै बचेको आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्, र मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्तान बाँकी रहनेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हजुर, अहिले मेरा सबै आफन्तहरू मेरा विरुद्ध भएका छन् र मेरो बाँचेको छोरोलाई तिनीहरूका हातमा सुम्पिदिनू भन्छन् र त्यसका दाजुको हत्याको लागि त्यसलाई मार्न चाहन्छन्। मैले त्यसलाई सुम्पिदिएँ भने म निस्सन्तान हुनेछु। मेरा आखिरी आशा नाश हुनेछ र मेरो लोग्नेको नाम जिउँदो राख्न एउटै पनि रहनेछैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब सम्पूर्ण वंश नै तपाईंको सेविकाको विरुद्धमा उठेर यसो भन्दैछन्, ‘आफ्नो भाइलाई मार्नेलाई हाम्रो हातमा सुम्पिदेऊ, र त्यसले आफ्नै भाइलाई मारेको कारण हामी पनि त्यसलाई मार्नेछौँ। यसो गर्नाले हामीले उत्तराधिकारलाई पनि नाश गरेको हुनेछ।’ तिनीहरूले मसँग बचेको एउटै आगोको भुङ्ग्रो पनि निभाइदिनेछन्। यस संसारबाट मेरो पतिको सन्तानको नामनिशानै मेटिदिनेछन्।” Viz kapitola |