२ शमूएल 14:29 - पवित्र बाइबल29 अब्शालोमले योआबकहाँ दूत पठाए। दूतहरूले योआबलाई भने अब्शालोमलाई राजासँग भेट गराइ देऊ। तर योआब अब्शालोम कहाँ आएनन्। दोस्रो चोटि पनि अब्शालोमले खबर पठाए। तर योआब आउन मानेनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तब तिनले राजाकहाँ समाचार पठाइदिन योआबलाई बोलाइपठाए, तर योआब आउन मानेनन्। अब्शालोमले तिनलाई दोस्रो पल्ट पनि बोलाइपठाए, तर तिनी अझै पनि आउन मानेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसपछि उनले योआबलाई आफ्नो पक्षबाट राजाकहाँ पठाउन बोलाउन पठाए; तर योआब आएनन्। अब्शालोमले उनलाई फेरि बोलाउन पठाए; तर योआब अझै आउन मानेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसपछि अब्शालोमले राजाकहाँ खबर पठाउन भनी योआबलाई बोलाइपठाए। तर योआबले तिनीकहाँ आउन इन्कार गरे। यसकारण तिनले दोस्रो पटक पनि बोलाइपठाए। तर तिनले फेरि पनि आउन इन्कार गरे। Viz kapitola |