Online Bible

- Reklamy -




२ शमूएल 14:11 - पवित्र बाइबल

11 त्यस स्त्रीले भनी, “दया गरी तपाईंले आफ्ना परमप्रभु तपाईंको परमेश्वरको नाउँ लिएर शपथ दिनोस् तपाईंले तिनीलाई रोकि दिनहुनेछ। तिनीहरूले उसकै भाइको मृत्युको बदलामा मेरो छोरालाई मार्न चाहन्छन्। दया गरेर मलाई विश्वास दिलाउनुहोस् कि मेरो छोरालाई तिनीहरूबाट बचाउनु हुनेछ।” दाऊले भने, “म तिमीलाई परमप्रभुको जीउँदो नाममा भनिहरेछु कसैले पनि तिम्रो छोरालाई चोट पुर्याउन छैन। तिम्रो छोरोको शिरबाट एउटा केश पनि भूईमा खस्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 तब त्‍यस स्‍त्रीले फेरि भनी “प्रतिशोधीहरूलाई खराबी गर्न नदिन र मेरो छोरालाई पनि खतम गर्न नदिनलाई हजूरले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई पुकारा गरिदिनुहोस्‌।” राजाले यसो भनेर शपथ खाए, “तिम्रो छोराको एउटा केश पनि भूइँमा खस्‍न पाउनेछैन भनी जीवित परमप्रभुको नाउँमा म भन्‍दछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 त्‍यसले भनी, “राजन्! परमप्रभु आफ्‍ना परमेश्‍वरको नाममा वचन दिनुहोस् कि जुन मेरा आफन्‍तहरूले मेरा छोराको हत्‍याको साटो लिनुपर्छ, तिनीहरूले मेरो छोरालाई मारेर अझ ठूलो अपराध नगरून्।” दाऊदले भने, “म जीवित परमप्रभुलाई साक्षी राखी वचन दिँदछु कि तिम्रो छोरोको एउटै केश पनि भूँइमा खस्‍न पाउनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तिनले भनिन्, “त्यसो भए विरोधीहरूले अरू खराबी नगरून् भनेर राजाले जीवित याहवेह, उहाँको परमेश्‍वरलाई साक्षी राखेर भनिदेऊन्, र मेरो छोरा नष्‍ट हुनेछैन।” तब राजाले भने, “जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, निश्‍चय नै तिम्रा छोराको एउटा केशधरि भुइँमा खस्‍नेछैन।”

Viz kapitola kopírovat




२ शमूएल 14:11

Následuj nás:

Reklamy


Reklamy