२ शमूएल 13:5 - पवित्र बाइबल5 योनादाबले अम्नोनलाई भने, “ओछ्यानमा सुत र बिमारीले गरे झैं गर। त्यसपछि तिम्रा पिताजी तिमीलाई हेर्न आउनुहुन्छ। उहाँलाई भन, ‘दया गरी मेरी बहिनी तामारलाई आउन दिएर मलाई खाना खुवाउनु भन्नुहोस्। मेरै अगाडि खाना तयार गर्न लगाउनु होस्। म त्यो हेर्नेछु र उनकै हातले खाना खानेछु।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 योनादाबले तिनलाई भने, “बिरामी छु भन्ने बहाना गरेर ओछ्यानमा सुतिरह। जब तिम्रा पिता तिमीलाई हेर्न आउँछन् तब तिनलाई भन, ‘कृपा गरी मेरी बहिनी तामार आएर मलाई मेरो खानेकुरा देओस्। त्यसले मेरै सामुन्ने त्यो पकाओस्, र म त्यसले बनाएकी हेर्छु, र त्यसकै हातबाट खानेछु’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 योनादाबले भने, “बिरामी छु भनी बहाना गरेर ओछ्यानमा सुत। तिमीलाई हेर्न तिम्रा बुबा आउँदा तिनलाई यसो भन, ‘मेरी बहिनी तामारलाई आएर मलाई खुवाउनलाई दिनुहोस्। त्यसले मेरो सामुन्ने खाना तयार गरेर मलाई पस्किदिएको म खान चाहन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 योनादाबले भने, “ओछ्यानमा जाऊ, र बिरामी भएको बहाना गर। जब तिम्रा पिता तिमीलाई हेर्न आउनेछन्, तब उहाँलाई यसो भन्नू, ‘मेरी बहिनी तामारले आएर मलाई केही खानेकुरा दिएको चाहन्छु। तिनले मेरो सामु भोजन तयार पारोस्; ताकि म तिनले बनाएको हेर्न सकूँ, र म तिनकै हातबाट त्यो खान पाऊँ।’ ” Viz kapitola |