२ शमूएल 13:4 - पवित्र बाइबल4 योनादाबले अम्मोनलाई सोधे, “प्रत्येक दिन तिमी दुब्लाउँदै गइरहेका छौ। तिमी त राजकुमार हौ। खान लाउनुको कुनै अभाव छैन, तरै पनि दुब्लाउँदै छौ? मलाई भन त! किन?” अम्नोनले योनादाबलाई भने, “म तामारलाई प्रेम गर्छु। जो अब्शालोमकी बहिनी हुन् तर म तिमीहरूको सौतेलो भाइ हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनले अमनोनलाई भने, “हे राजकुमार, तिमी यसरी दिनदिनै हताश हुँदैजाँदैछौ, मलाई किन कारण भन्दैनौ?” तब अमनोनले उनलाई भने, “म मेरा भाइ अब्शालोमकी बहिनी तामारसँग प्रेममा फसेको छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 योनादाबले अमनोनलाई भने, “तिमी राजाका छोरा हौ र पनि म तिमीलाई सधैँ उदास देख्छु। किन, के भयो?” उनले जवाफ दिए, “म मेरो सौतेलो दाजु अब्शालोमकी बहिनी तामारलाई प्रेम गर्दछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 उनले अमनोनलाई सोधे, “तिमी राजाको छोरा भएर पनि किन दिनदिनै दुब्लाउँदै गएका देखिन्छौ? किन मलाई केही भन्दैनौ?” अमनोनले तिनलाई भने, “म मेरो भाइ अब्शालोमकी बहिनी तामारको प्रेममा परेको छु।” Viz kapitola |