Online Bible

- Reklamy -




२ शमूएल 13:20 - पवित्र बाइबल

20 तब, तामारका दाजू अब्शालोमले तिनलाई भने, “के तेरो ठूलो दाजू अम्नोन तँसित थिए? उसले तँलाईं चोट पुर्यायो? अब, शान्त हो बहिनी। अम्नोन तेरै दाज्यू हो। अब यी कुरा तेरो हृदयमा नली।” त्यसपछि तामार चुप लागिन्। तिनी अपमानित स्त्री भई अब्शालोमको घरमा बसिन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तिनका दाजु अब्‍शालोमले तिनलाई सोधे, “के तेरा दाजु अमनोन तँसित थिए? अब चूप लागी बस्‌। उनी तेरा दाजु हुन्, यस विषयमा साह्रै चिन्‍ता नगर्‌।” अनि तामार आफ्‍ना दाजु अब्‍शालोमको घरमा एक त्‍यागिएकी स्‍त्रीझैँ बसिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तिनका दाजु अब्‍शालोमले तिनलाई देखेर सोधे, “के अमनोनले तँलाई बलात्‍कार गर्‍यो? बहिनी, साह्रै विचलित नहोओ। त्‍यो तेरो सौतेलो दाजु हो र यो कुरा कसैलाई नभन्।” तामार अब्‍शालोमको घरमा बस्‍न लागिन्, तिनी एक्लै र उदास थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तिनका दाजु अब्शालोमले तिनलाई भने, “के तेरा दाजु अमनोन तँसित थिए? मेरो बहिनी अहिले चुप लाग्; त्यो तेरै दाजु हुन्। यस कुरालाई हृदयमा नराख्।” तब तामार एउटी त्यागिएकी स्त्रीझैँ आफ्नो दाजु अब्शालोमको घरमा बसिन्।

Viz kapitola kopírovat




२ शमूएल 13:20

Následuj nás:

Reklamy


Reklamy