Online Bible

- Reklamy -




२ शमूएल 12:31 - पवित्र बाइबल

31 दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

31 तिनले त्‍यहाँका बासिन्‍दाहरूलाई लगेर आरा, र फलामका अरू किसिमका हतियारहरू र बन्‍चराहरूले काम गर्न लगाए, अनि इँटका भट्टीहरूमा पनि इँट बनाउन लाए। दाऊदले अम्‍मोनीहरूका सबै सहरहरूमा यस्‍ता काम गर्न लगाए। त्‍यसपछि दाऊद र तिनका सबै फौज यरूशलेममा फर्के।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

31 उनले त्‍यहाँका मानिसहरूलाई आरा, फलामका कोदालो र बन्‍चरो लिएर काम गर्न लाए र इँटा बनाउने काम गर्न कर लाए। अम्‍मोनका अरू सहरका बासिन्‍दाहरूसित पनि उनले त्‍यसै गरे। त्‍यसपछि उनी आफ्‍ना सेनासित यरूशलेममा फर्किहाले।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 अनि त्यहाँ भएका मानिसहरूलाई बाहिर ल्याए, र तिनीहरूलाई आरा चलाउने काम, गैँती र बन्चरो चलाउने काम गर्न लगाए। अनि इँटाभट्टीमा पनि इँटा बनाउने काममा लगाए। यसरी तिनले समस्त अम्मोनी सहरहरूमा त्यसै गरे। त्यसपछि दावीद र तिनका सम्पूर्ण फौज यरूशलेममा फर्के।

Viz kapitola kopírovat




२ शमूएल 12:31

Následuj nás:

Reklamy


Reklamy