२ शमूएल 12:18 - पवित्र बाइबल18 सातौं दिनको दिन शिशु मर्यौ। दाऊदका नोकरहरूले दाऊदलाई शिशु मरेको खबर भन्न साह्रै डराए। तिनीहरूले भने, “हेर्नुहोस्, शिशु जब जिउँदै थियो त्यस समय त हामीले दाऊदसँग कुरा गर्न सकेनौं। हाम्रो कुरा सुन्नै चाहानु भएन। यदि हामीले शिशु मरेको खबर दियौं भने आफैंले आत्महत्या गर्न सक्लान्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 सातौँ दिनमा बालक मर्यो। दाऊदका नोकरहरूले तिनलाई बालक मरेको कुरा बताउन डराए। तिनीहरूले भने, “बालक जिउँदो हुँदा हामीले उहाँलाई भन्यौं, अनि उहाँले हाम्रो कुरा सुन्नुभएन। अब हामी उहाँलाई कसरी बालक मरेको खबर दिनु? उहाँले आफ्नो केही हानि गर्नुहुन्छ होला।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 एक सातापछि बालक मर्यो। दाऊदका अधिकृतहरूले त्यो खबर राजालाई सुनाउन डराए। तिनीहरूले भने, “बालक जिउँदै हुँदा हाम्रो बोली सुनेर पनि राजाले जवाफ दिँदैनथे। अब कसरी बालक मर्यो भनी सुनाउनू? उहाँले आफ्नै कुनै खति गर्लान्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 सातौँ दिनमा त्यो शिशु मर्यो। दावीदका नोकरहरूले त्यो शिशु मरेको खबर दिन डराए। किनकि तिनीहरूले सोचे, “शिशु जीवित हुँदा नै हामीले दावीदसँग कुरा गर्दासमेत उहाँले हाम्रो कुरा सुन्नुभएन। अब शिशु मर्यो भनेर हामीले उहाँलाई कसरी भनौँ? यो सुनेर निश्चय नै उहाँले आफूलाई केही हानि गर्न सक्नुहुनेछ।” Viz kapitola |