२ शमूएल 12:11 - पवित्र बाइबल11 “परमप्रभु यसो भन्नुहुन्छः ‘म तिमीमा विपत्ति ल्याइदिन्छु। त्यो विपत्ति आफ्नै परिवारबाट आउनेछ। म तिम्रो पत्नीहरूलाई तिम्रो एउटा धेरै नजिकका व्यक्तिलाई दिनेछु। त्यो मानिस तिम्री पत्नीहरूसँग सुत्नेछ र सबैले त्यो कुरा जान्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “परमप्रभु भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाभित्रबाट तँमाथि विपद् ल्याउनेछु। म तेरा पत्नीहरूलाई लिएर तेरै आँखाको सामुन्ने तेरो नजिकको मानिसलाई दिनेछु, र त्यो दिउँसै तिनीहरूसित सुत्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 म किरिया खाई भन्छु कि तेरै घरानाको कसैको हातबाट म तँलाई कष्ट दिन लाउनेछु। तेरा स्वास्नीहरू खोसेर अर्को मानिसलाई दिँदा तैँले यी सबै भएको देख्नेछस् र त्यसले दिउँसै तिनीहरूसित सम्भोग गर्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “याहवेह यसो भन्नुहुन्छ: ‘म तेरो आफ्नै घरानाबाट तँमाथि विपत्ति ल्याउनेछु। तेरो आफ्नै आँखाको सामु म तेरा पत्नीहरूलाई लिएर अर्को व्यक्तिलाई दिनेछु। अनि दिउँसै त्यो तिनीहरूसित सुत्नेछ। Viz kapitola |