२ शमूएल 11:25 - पवित्र बाइबल25 दाऊदले दूतहरूलाई योआब कहाँ खबर पठाएः “दुःख मान्ने केही कारण छैन। तरवारले एकजना मानिस पनि मार्न सक्छ अर्को पनि। रब्बाको बिरूद्धमा शक्तिशाली आक्रमण चलाएर विजय प्राप्त गर। यी शब्दहरूले योआबलाई उत्साह प्रदान गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 दाऊदले त्यस मानिसलाई भने, “योआबलाई यो समाचार लैजा, ‘तिमी नघबराऊ, तरवारले जसरी एक जनालाई मार्छ, अर्कालाई पनि मार्छ। सहरलाई आक्रमण जारी राख, र त्यस सहरलाई ध्वंस-विध्वंस गरिदेऊ’। योआबलाई साहस होस् भनी यो कुरा भन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 दाऊदले त्यसलाई भने, “योआबको साहस बढाइदिनू र नडरा भन्नू किनभने लडाइँमा को मर्छ, त्यो कसैले भन्न सक्दैन। सहरमाथि अझ शक्तिशालीरूपमा हमला गरेर त्यसलाई कब्जा गर्नू भनी उसलाई भन्दिनू।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 दावीदले त्यस दूतलाई भने, “योआबलाई यसरी भन्नू: ‘यस कुराले तिमीलाई निराश नपारोस्; किनकि तरवारले एउटालाई नाश गरेजस्तै अर्कोलाई पनि नाश गर्छ। त्यस सहरको विरुद्धमा युद्ध जारी राखेर त्यसलाई नष्ट गरिदेओ।’ यो कुरा योआबलाई उत्साहित पार्नलाई भन्।” Viz kapitola |