Online Bible

- Reklamy -




२ पत्रुस 3:16 - पवित्र बाइबल

16 पावलले यी कुराहरूको बारेमा उनका सबै पत्रहरूमा यस्तो लेख्छन्। उनको पत्रहरूमा केही विषयहरू बुझ्नु गाह्रो पर्छ। कोही मानिसहरू ती कुराहरूलाई भूल प्रकारले व्याख्या गर्छन्। कोही मानिसहरू अज्ञानी अनि विश्वासमा दुर्वल छन्। ती मानिसहरू नै अन्य धर्मशास्त्रहरू पनि झूटो प्रकारले व्याख्या गर्छन्। तर तिनीहरूले त्यसो गरेर स्वयंलाई नै नष्ट गरिरहेका हुन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्‍लेख गरेका छन्‌। तिनमा कुनै-कुनै कुराहरू बुझ्‍न कठिन छन्, र अशिक्षित र चञ्‍चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्‍त्रहरूलाई जस्‍तै उल्‍टापाल्‍टा पार्छन्, र आफ्‍नै विनाश ल्‍याउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 यस बारेमा तिनले त्‍यस्‍तै कुरा आफ्‍ना पत्रहरूमा लेखेका थिए। उनले लेखेका कति कुराहरू केही अप्‍ठ्यारा छन्। नजान्‍ने र बेटुङ्गे मानिसहरूले त्‍यसको उल्‍टा-पाल्‍टा अर्थ पनि लाउँछन्। उनीहरूले धर्मशास्‍त्रको पनि त्‍यसरी नै अर्थ लगाउँछन्। यसरी उनीहरूले आफैंलाई नाशमा पुर्‍याउँछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उनले आफ्ना सबै पत्रहरूमा यी कुराहरूको सम्बन्धमा एकै किसिमले लेखेका छन्। उनका पत्रहरूमा केही कुराहरू छन्, जसलाई बुझ्न गाह्रो छ, जुन कुराहरू अनभिज्ञ र अस्थिर मानिसहरूले अरू धर्मशास्त्रहरूलाई झैँ आफ्नै विनाशको निम्ति बङ्ग्याउँछन्।

Viz kapitola kopírovat




२ पत्रुस 3:16

Následuj nás:

Reklamy


Reklamy