२ राजा 9:8 - पवित्र बाइबल8 यसप्रकार आहाबको सब परिवार मर्नेछ। म आहाबको परिवारको कुनै बालक जिउँदो रहन दिने छैन। यसको कुनै अर्थ हुँदैन त्यो बालक दास हो अथवा इस्राएलको स्वतन्त्र मानिस हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 आहाबका सबै घराना नष्ट हुनेछन्। इस्राएलमा त्यसका घरानाको हरेक पुरुषलाई, फुक्का वा बँधुवा होस्, म नाश गर्नेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 आहाबका सम्पूर्ण घराना र सन्तान मारिनुपर्नेछ। म त्यसका परिवारका कमाराहरूसमेत सबै पुरुषहरू नाश गर्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 आहाबको सम्पूर्ण परिवार नष्ट हुनेछ। इस्राएलमा रहेका आहाबका प्रत्येक अन्तिम पुरुष, चाहे त्यो कमारा होस् वा फुक्का, म नाश गर्नेछु। Viz kapitola |