Online Bible

- Reklamy -




२ राजा 9:27 - पवित्र बाइबल

27 यहूदाका राजा अहज्याहले यो देखे अनि भागे। उनले बगैंचाको घर भएर भाग्ने चेष्टा गरे, तर येहू उनको पछि लागे। यहूले भने, “अहज्याहलाई पनि मार।” अहज्याह घाइते भए जब तिनी यिब्लामनजिक गूर जाने बाटोमा आफ्नो रथमा थिए। अहज्याह मगिद्दो सम्म पुगे, र तिनी त्यहाँ मरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 जब यहूदाका राजा अहज्‍याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्‍यहीँ नै मरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 ती सबै देखेर अहज्‍याह राजा आफ्‍नो रथमा चढी बेथ-हागान सहरतिर भागे। येहूले उनलाई खेद्दै गए। येहूले आफ्‍ना मानिसहरूलाई आज्ञा दिए, “उनलाई पनि मार!” अहज्‍याह यिबलाम सहर छेउको गूरतिर जाने उकालो बाटोमा रथ हाँकेर गइरहेका बेलामा तिनीहरूले उनलाई घाइते बनाए। तर उनी कुनै प्रकारले मगिद्दो सहरसम्‍म पुगे र त्‍यहाँ मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 यहूदाका राजा अहज्याहले त्यो घटना देखेपछि तिनी बेथ-हागान जाने बाटोसम्म भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मारिदेओ!” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो चढ्दा तिनका रथमा घाइते पारे। तर तिनी भागेर मगिद्दोमा गए र त्यहीँ नै तिनको मृत्यु भयो।

Viz kapitola kopírovat




२ राजा 9:27

Následuj nás:

Reklamy


Reklamy