Online Bible

- Reklamy -




२ राजा 9:18 - पवित्र बाइबल

18 यसकारण दूत घोडामाथि चढ्यो अनि येहूसँग भेट्न गयो। दूतले भन्यो, “राजा योरामले सोधेकाछन्, ‘के तिमी शान्तिको इच्छाले आएका हौ?’” येहूले भने, “तिमीले शान्तिको बारे केही गर्नु पर्ने छैन। आऊ अनि मेरो पछि लाग।” रक्षकले योरामलाई भन्यो, “दूत जनसमूहकहाँ गयो र अहिलेसम्म फर्केर आएको छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 त्‍यो घोड़चढ़ी येहूलाई भेट्‌न गयो, र भन्‍यो, “राजा यसो भन्‍नुहुन्‍छ: “के तपाईं मित्रभावले आउनुभएको हो’?” येहूले जवाफ दिए, “मित्रभावसित तँलाई के वास्‍ता? तँ मेरो पछि लाग्‌।” त्‍यस पहरादारले बताइदियो, “त्‍यो खबर लैजानेले तिनीहरूलाई भेट्‌न त भेट्यो, तर त्‍यो फर्केर आएन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 घोडचढी येहूकहाँ गयो र उनलाई भन्‍यो, “तपाईं मित्रभावले आउनुभएको हो कि कसो? राजाले जान्‍न चाहनुहुन्‍छ।” येहूले जवाफ दिए, “त्‍योसित तँलाई के मतलब? तँ मेरो पछि लाग्।” धरहराको पहरादारले घोडचढी त्‍यस दलकहाँ त पुग्‍यो तर फर्केन भनी सूचना दियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यो घोडचढी येहूलाई भेट्न गयो, र भन्यो, “तपाईं शान्तिको लागि आउनुभएको हो?” येहूले जवाफ दिए, “तँलाई शान्तिसित के मतलब भयो र? मेरो पछि लाग्!” तब पहरेदारले यस्तो खबर ल्याए, “दूत तिनीहरूकहाँ पुग्यो, तर तिनी फर्केको छैन।”

Viz kapitola kopírovat




२ राजा 9:18

Následuj nás:

Reklamy


Reklamy