२ राजा 9:17 - पवित्र बाइबल17 एक जना रक्षक यिज्रेलमा स्तम्भमाथि उभिएको थियो। उसले येहूको विशाल समूहलाई आउँदै गरेको देख्यो। उसले भन्यो, “म मानिसहरूको विशाल समुह देख्दै छु।” योरामले भने, “तिनीहरूसँग भेट गर्न कसैलाई घोडामा पठाऊ। त्यस दूतलाई ती मानिसहरू शान्तिको इच्छाले आएका हुन, कि सोध।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 जब यिजरेलको धरहरामा उभिरहेको पहरादारले येहूका फौजलाई आइरहेका देखे, तब उनले कराएर भने, “म केही फौजहरू आइरहेका देख्दैछु।” योरामले हुकुम दिए, “एउटा घोड़चढ़ी तिनीहरूलाई भेट गर्न पठाएर सोध्न लगा, ‘के तपाईंहरू मित्रभावले आउनुभएको हो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 यिजरेलको पहरे धरहरामा उभिएको पहरादारले येहू र उनका फौजलाई आइरहेको देखेर कराएर भन्यो, “म एक दल मानिसहरू रथ चढेर आइरहेको देख्दै छु।” योरामले उत्तर दिए, “तिनीहरू मित्रभावले आएका हुन् कि होइनन्, त्यो बुझ्न एउटा घोडचढी पठाऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब यिजरेलको धरहराबाट हेरिरहेका पहरेदारले येहूका दलहरू नजिक आउँदैगरेका देखे, “म केही दलहरू आइरहेको देखिरहेछु” भनेर तिनी कराए। योरामले हुकुम दिए, “एक जना घोडचढी तयार गर। त्यसलाई तिनीहरूलाई भेट्न पठाएर सोध्न लगा, ‘के तपाईं शान्तिपूर्वक आउनुभएको हो?’ ” Viz kapitola |