Online Bible

- Reklamy -




२ राजा 8:5 - पवित्र बाइबल

5 गेहजीले राजालाई एलीशाको बारेमा बताउँदा मृत मानिसलाई जिउँदो गरेको सुनाउँदै थियो। त्यस समयमा त्यो आइमाई जसको छोरालाई एलीशाले फेरि जिउँदो बनाएका थिए, राजाकहाँ पुगी। ऊ राजलाई आफ्नो घर र जग्गा फिर्ता पाऊँ भनी बिन्ती गर्न चाहन्थी। गेहजीले भन्यो, “हे मेरा मालिक महाराज, यो त्यही आइमाई हो। अनि यो त्यही छोरा हो जसलाई एलीशाले फेरि जिउँदो बनाएका थिए।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 जब गेहजीले एलीशाले मरेकालाई कसरी प्राण दिए भनी राजालाई वर्णन गरिरहेको थियो, त्‍यही स्‍त्री, जसको छोरालाई एलीशाले मरेकाहरूबाट जीवित पारेका थिए, आफ्‍नो घर र जग्‍गाजमिनको निम्‍ति राजालाई बिन्‍ती गर्नलाई आइन्‌। गेहजीले भन्‍यो, “हे मेरा प्रभु महाराजा, यिनै स्‍त्री हुन्, र एलीशाले पुनर्जीवित पारेको तिनको छोरो यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 गेहजीले राजालाई एलीशाले कसरी एक जना मरेको व्‍यक्तिलाई बौराइउठाएका थिए भनेर सुनाइरहेको बेला स्‍त्रीले राजालाई बिन्‍ती चढाइन्। गेहजीले राजालाई भन्‍यो, “राजन्, एलीशाले बौराइउठाएको केटो र तिनकी आमा यी नै हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब गेहजीले एलीशाले मरेकोलाई कसरी जीवन दिए भनी राजालाई वर्णन गरिरहेका थिए, तब ती स्त्री, जसको छोरालाई एलीशाले मृत्युबाट जीवित पारेका थिए, आफ्नो घर र जग्गाजमिनको निम्ति राजालाई बिन्ती गर्नलाई आइन्। गेहजीले भन्यो, “हे मेरा मालिक महाराजा, यिनी नै ती स्त्री हुन्, र यिनको छोरा यही हो, जसलाई एलीशाले पुनर्जीवित पारेका थिए।”

Viz kapitola kopírovat




२ राजा 8:5

Následuj nás:

Reklamy


Reklamy