२ राजा 8:12 - पवित्र बाइबल12 हजाएलले भन्यो, “महाशय, तपाई किन चिच्याउनु हुँदैछ?” एलीशाले उत्तर दिए, “म चिच्याउँदै छु किन भने म जान्दछु तैंले इस्राएलीहरूलाई नराम्रो गर्नेछस्। तैंले तिनीहरूको दरिलो शहर जलाउनेछस्। तैंले तिनीहरूका युवकहरूको हत्या गर्नेछस्। तैंले तिनीहरूका नानीहरू मार्नेछस्। तैंले गर्भवती आइमाईहरूको गर्भ तुवाउने छस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 हजाएलले सोधे, “हे मेरा प्रभु, तपाईं किन रुँदैहुनुहुन्छ?” तिनले जवाफ दिए, “किनभने तिमीले इस्राएलीहरूमाथि गर्ने बुराइ म जान्दछु। तिमीले तिनीहरूका किल्लाहरूमा आगो लाउनेछौ, र तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ, तिनीहरूका ससाना बालकहरूलाई भूँइमा पछारेर मार्नेछौ, र गर्भवती स्त्रीहरूका पेट चिर्नेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “किन रुँदै हुनुहुन्छ, हजुर!” हजाएलले सोधे। “किनभने तिमीले कस्ता डरलाग्दा कुराहरू इस्राएलका मानिसहरूका विरुद्धमा गर्नेछौ ती म जान्दछु,” एलीशाले जवाफ दिए, “तिनीहरूका किल्लामा तिमीले आगो लाइदिनेछौ, युवकहरूलाई संहार गर्नेछौ, बालकहरूलाई पछारेर मारिदिनेछौ र गर्भवती स्त्रीहरूको पेट फोरिदिनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हजाएलले सोधे, “मेरा मालिक किन रुँदै हुनुहुन्छ?” एलीशाले जवाफ दिए, “किनकि तिमीले इस्राएलीहरूमाथि गर्ने हानि म जान्दछु। तिमीले तिनीहरूका पर्खाल लगाएका सहरहरूमा आगो लगाइदिनेछौ। तिनीहरूका जवान मानिसहरूलाई तरवारले मार्नेछौ; तिनीहरूका साना छोराछोरीहरूलाई भुइँमा पछार्नेछौ र तिनीहरूका गर्भवती स्त्रीहरूका पेट चिरिदिनेछौ।” Viz kapitola |