२ राजा 7:4 - पवित्र बाइबल4 सामरियामा खाद्य छैन। यदि हामी शहरमा गयौं भने हामी त्यहाँ मर्ने छौं। यदि हामी बस्यौं भने पनि हामी मर्ने छौं। यसकारण अरामी शिबिरतिर नै जाऔं। यदि तिनीहरूले हामीलाई बस्न दिए भने हामी जिउँदो रहने छौं। यदि तिनीहरूले हामीलाई मारे भने हामी मर्ने छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 यदि ‘हामी सहरभित्र जाऔं’ भनी भन्यौं भने, त्यहाँ अनिकाल छ र हामी मर्नेछौं। अनि यहाँ बस्यौं भने पनि हामी मर्नेछौं। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर समर्पण गरौं। यदि उनीहरूले हामीलाई छोड़िदिए भने हामी बाँच्नेछौं। यदि मारे भने पनि हामी मर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 सहर पस्नु पनि व्यर्थ छ, त्यहाँ हामी भोकै मर्नेछौं; तर यहाँ बस्यौं भने पनि हामी मर्ने नै छौं। बरु हामी अरामीहरूका छाउनीमा जाऔं, तिनीहरूले खुबै गरे, मार्नेछन् तर तिनीहरूले हाम्रा प्राण छोडि पनि देलान्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यदि हामीले ‘हामी सहरभित्र जाऔँ’ भन्यौँ भने त्यहाँ अनिकाल लागेको छ र हामी मर्नेछौँ। अनि हामी यहीँ बसिरह्यौँ भने तापनि हामी मर्नेछौँ। यसकारण अब हामी अरामीहरूको छाउनीमा गएर आत्मसमर्पण गरौँ। यदि तिनीहरूले हामीलाई जीवित छोडिदिए भने हामी बाँचौँला। यदि तिनीहरूले हामीलाई मारे भने जसरी पनि हामीले मर्नु नै छ।” Viz kapitola |