२ राजा 7:15 - पवित्र बाइबल15 मानिसहरू अरामी सैनिकको पछि यर्दन नदीसम्म गए। बाटो भरि लुगा र हतियारहरू थिए। अरामीहरूले हतारमा भाग्दा ती चीजहरू फ्याँकेका थिए। दूत सामरिया फर्कियो अनि राजालाई बतायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तिनीहरू यर्दन नदीसम्मै खोजी गर्दैगए, र बाटोभरि अरामीहरूले हतार-हतार भाग्दा फ्याँकिराखेका लुगाफाटा र हातहतियार भेट्टाए। तब समाचारवाहकहरू आएर राजालाई यो खबर दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 ती मानिसहरू यर्दनसम्म गए र सारा बाटामा अरामीहरू भागेर जाँदा छोडिराखेका लत्ताकपडा र हात-हतियार देखे। तिनीहरूले फर्केर आई राजालाई सबै कुरा बताए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 उनीहरू यर्दनसम्मै तिनीहरूलाई पछ्याए। अनि तिनीहरूले बाटोभरि अरामीहरूले हतारमा भाग्दा फ्याँकेका लुगाफाटा र सामग्रीहरू भेट्टाए। यसकारण ती दूतहरूले फर्केर गई राजालाई खबर दिए। Viz kapitola |