२ राजा 7:13 - पवित्र बाइबल13 राजाका एक जना अधिकारीले भने, “शहरमा अझै रहेका पाँचवटा घोडाहरूलाई केही मानिसहरूले लिएर जाऊन्। घोडाहरू चाँडै नै त्यसरी मर्नेछन् जसरी शहरमा रहेका इस्राएलीहरू मर्नेछन्। के भयो थाह पाउँन ती मानिसहरूलाई पठाऔ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अधिकृतहरूका एक जनाले जवाफ दिए, “हाम्रो सहरमा रहेका पाँच वटा घोड़ाहरू लिएर केही मानिसहरू पठाउनुहोस्। तिनीहरूको दशा यहाँ छोड़िएका सबै इस्राएलीहरूको जस्तै हुनेछ— हो साँच्चै, तिनीहरू यहाँ मर्ने सबै इस्राएलीहरूजस्तै हुनेछन्। के भएछ गएर पत्ता लगाउन हामी तिनीहरूलाई पठाऔं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 एउटाचाहिँ भारदारले भने, “जसो भए पनि यस सहरका मानिसहरू नाश हुनेछन्। जो-जो मरिसके, त्यही तरिकाले यिनीहरू पनि मर्नेछन्। यसर्थ हामी बरु बाँचेका घोडाबाट पाँच वटा दिएर केही मानिसहरू पठाऔं र के भएको रहेछ, सो पत्ता लगाऔं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 एक जना अधिकारीले भने, “केही मानिसहरूले सहरमा बाँकी रहेका पाँच वटा घोडाहरू लिएर जाऊन्। जसरी नि तिनीहरूको दशा यहाँ बाँकी रहेका सबै इस्राएलीहरूको जस्तै हुने नै छ—हो, तिनीहरू विनाशमा परेका इस्राएलीहरूजस्तै हुनेछन्। यसकारण के भएको रहेछ भनी पत्ता लगाउनलाई तिनीहरूलाई पठाऔँ।” Viz kapitola |