२ राजा 7:10 - पवित्र बाइबल10 यसर्थ ती कोरीहरू आए अनि शहरका द्वारपालकहरूलाई बोलाए। कोरीहरूले द्वारपालकलाई भने, “हामी अरामी शिबिरमा गएका थियौं। तर हामीले कुनै मानिस को बोली सुनेनौं। कोही मानिस थिएन। घोडा र गधाहरू अझै बाँधेकै थिए अनि पालहरू तलसम्म थिए। तर मानिसहरू सबै गइसकेका थिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 तब तिनीहरू गएर सहरका ढोकाका पालेहरूलाई बोलाएर भने, “हामीहरू अरामी छाउनीमा गयौं र एउटै पनि मानिस देखेनौं। कसैको केही आवाज छैन— घोड़ाहरू र गधाहरू त्यत्तिकै बाँधिएका छन्, र पालहरू पनि त्यसै छोड़िएका छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरू अरामी छाउनी छोडी सामरियामा फर्के र मूल-ढोकाका पहरादारहरूलाई भन्न लागे, “हामी अरामी छाउनीमा गएका थियौं, त्यहाँ हामीले कसैलाई देखेनौं, केही सुनेनौं। घोडा र गधाहरू बाँधेकै छन् र तम्बुहरू जस्ताको तस्तै छोडिएका छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण तिनीहरू गए, र सहरका पहरेदारहरूलाई बोलाएर भने, “हामी अरामीहरूका छाउनीमा गयौँ र त्यहाँ कोही पनि थिएन। अनि कसैको आवाज पनि सुनिएन। तर बाँधिएका घोडाहरू, गधाहरू र त्यागिएका पालहरू मात्र थिए।” Viz kapitola |