२ राजा 6:32 - पवित्र बाइबल32 राजाले एक जना दूत एलीशा कहाँ पठाए। एलीशा आफ्नो घरमा बसिरहेका थिए र बूढा-प्रधानहरू उनीसँगै बसेरहेका थिए। दूत पुग्नअघि एलीशाले भने, “हेर, एकजना हत्याराले मेरो टाउको काट्नको निम्ति मानिसहरू पठाउँदै छ। जब दूत यहाँ आइपुग्छ, ढोका बन्द गर। ढोकालाई पक्रेर राख र उसलाई भित्र पस्न देखि रोक। म उसको पछि आएको उसको मालिक पैतालाको आवाज सुन्दैछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 अब एलीशा र धर्म-गुरुहरू पनि तिनीसँगै आफ्नो घरमा बसिरहेका थिए। राजाले एक जना समाचारवाहकलाई अगि पठाए, तर त्यो समाचारवाहक आइपुग्न अघि एलीशाले धर्म-गुरुहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्नलाई कसैलाई पठाएको तपाईंहरू देख्नुहुन्न? हेर, त्यो समाचारवाहक आइपुग्दा ढोका थुनिदेओ, र खूब जोडसित ठेलिराख। के त्यसका मालिकका पाइलाको आवाज त्यसको पछिपछि आएको होइन?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 उनले एलीशालाई पक्रन एक जना मानिस पठाए। त्यस बेला एलीशा आफूसँग भेट गर्न आएका केही बुढापाकाहरूसित घरैमा थिए। राजाको मानिस आइपुग्नुभन्दा अघि एलीशाले ती बुढापाकाहरूलाई भने, “त्यस हत्याराले मेरो टाउको काट्न एक जना मानिस पठाउँदै छ। त्यो मानिस यहाँ आइपुग्दा ढोका थुनेर त्यसलाई भित्र पस्न नदिनुहोला। त्यसको पछिपछि राजा आइपुग्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अब एलीशाचाहिँ आफ्नो घरमा बसिरहेका थिए; र तिनको साथमा प्रधानहरू थिए। राजाले आफ्नो दूत पठाए। तर त्यो आइपुग्नुभन्दा अगि एलीशाले प्रधानहरूलाई भने, “त्यस हत्याराले मेरो शिर काट्न कसैलाई पठाइरहेको के तपाईंहरूले देख्नुहुन्न? हेर्नुहोस्, त्यो दूत आउँदा ढोका थुन्नुहोस्, र त्यसलाई ढोकामै ठेलेर रोकिराख्नुहोस्। के त्यसको पछि-पछि त्यसका मालिकका पाइलाको आवाज होइन र?” Viz kapitola |