२ राजा 5:8 - पवित्र बाइबल8 परमेश्वरको जन, एलीशाले सुने, इस्राएलका राजाले आफ्नो दुःख र रीस देखाउन लुगाहरू, च्याते। यसकारण एलीशाले आफ्नो खबर राजाकहाँ पठाए, “तिमीले आफ्नो लुगा किन च्यात्यौ? नामान मकहाँ आओस्। तब उसले थाह पाउने छ, इस्राएलमा एकजना अगमवक्ता छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 इस्राएलका राजाले आफ्ना लुगा च्यातेको कुरा जब परमेश्वरका जन एलीशाले सुने, तब तिनले राजालाई यो समाचार पठाए, “तपाईंले किन आफ्ना लुगा च्यात्नुभयो? मानिस यहाँ मकहाँ आओस्, र त्यसले इस्राएलमा एक जना अगमवक्ता रहेछन् भनी जान्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 यो कुरा सुनेर एलीशाले राजाकहाँ यस्तो खबर पठाए, “तपाईं किन आत्तिनुहुन्छ? त्यस मानिसलाई मकहाँ पठाइदिनुहोस्। इस्राएल देशमा एक जना अगमवक्ता छ भनी म उनलाई बुझाइदिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब परमेश्वरका जन एलीशाले इस्राएलका राजाले आफ्नो वस्त्र च्यातेका कुरा सुने, तब तिनले राजाकहाँ यस्तो खबर पठाए: “तपाईंले किन आफ्नो वस्त्र च्यात्नुभयो? त्यो मानिस मकहाँ आओस् र त्यसले इस्राएलमा एक जना अगमवक्ता छ भनी जान्नेछ।” Viz kapitola |