२ राजा 5:26 - पवित्र बाइबल26 एलीशाले गेहजीलाई भने, “त्यो साँच्चो होइनँ! मेरो मुटु तँसँगै थियो जब त्यो नामान तँ सँग भेट गर्न आफ्नो रथबाट ओर्लियो। यो धन, लुगा भद्राक्ष, दाख, भेंडा, गाई अथवा पुरूष तथा मैले सेवकहरू लिने समय होइन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 तर एलीशाले त्यसलाई भने, “जब ती मानिस आफ्नो रथबाट ओर्लेर तँलाई भेट्न फर्कंदा के मेरो आत्मा तँसित थिएन र? रुपियाँपैसा वा लुगा लिने, वा भद्राक्षका बोटहरू, दाखबारीहरू, भेड़ा-बाख्राहरू, गाई-गोरुहरू र कमारा-कमारीहरू ग्रहण गर्ने यो समय हो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 तर एलीशाले भने, “ती मानिस रथबाट उत्रेर तँलाई भेट्न आउँदा म आत्मामा तँसित थिइनँ र? यो पैसा, लत्ता-कपडा, जैतुन र दाखको बारी, भेडा र गाई-वस्तु, नोकर-चाकरहरू लिने समय होइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तर एलीशाले त्यसलाई भने, “त्यस मानिसले तँलाई भेट्न आफ्नो रथबाट ओर्लिँदा के मेरो आत्मा तँसित थिएन र? के रुपियाँपैसा वा लुगाहरू लिने, जैतुनका रूखहरू, दाखबारीहरू, बगाल र बथान अथवा कमारा-कमारीहरू ग्रहण गर्ने समय यो हो र? Viz kapitola |