२ राजा 5:20 - पवित्र बाइबल20 तर परमेश्वरको जन एलीशाको सेवक गेहजीले भन्यो, “हेर, मेरा मालिक एलीशाले अरामी नामानलाई उनले त्यसको उपहार स्वीकार नगरी नै जानदिएका छन्। परमप्रभु जीवित भए जस्तै म नामानको पछि लाग्नेछु र उसबाट केही लिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब परमेश्वरका जन एलीशाको चाकर गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले त यी अरामी नामानलाई उनले ल्याएका चीज नलिएर सजिलैसित पठाए। परमप्रभुका जीवनको शपथ खाएर म भन्छु, म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 एलीशाका चाकर गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले नामानबाट केही नलिई उनलाई छोडिदिए। उनले दिएको कुरा मालिकले लिनुपर्थ्यो। जीवित परमप्रभुलाई साक्षी राखी म यो गरिहाल्छु कि म कुदेर गई उनलाई भेटेर उनीबाट केही लिनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब परमेश्वरका जन एलीशाका सेवक गेहजीले आफ्नो मनमा भन्यो, “मेरा मालिकले अरामी नामानले ल्याएका कुराहरू ग्रहण नगरेर तिनलाई सजिलैसित छोडिदिए। जीवित याहवेहलाई साक्षी राखेर भन्दछु, म तिनको पछि दौडेर जान्छु, र तिनीबाट केही उपहार लिन्छु।” Viz kapitola |