२ राजा 5:1 - पवित्र बाइबल1 नामान अरामका राजाको सेनाका कप्तान थिए। नामान आफ्नो राजाकालागि धेरै महत्वपूर्ण थिए। किनभने परमप्रभुले उनलाई अरामको विजयका लागि प्रयोग गरेका थिए। नामान महान् र शक्तिशाली मानिस थिए, तर तिनी कुष्ठ रोगले ग्रस्त थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 नामान अरामका राजाको सेनाका सेनापति थिए। उनी आफ्ना मालिकको दृष्टिमा एक ठूला मानिस थिए, र अति इज्जतदार थिए, किनभने उनले गर्दा नै अरामलाई परमप्रभुले विजयी तुल्याउनुभएको थियो। उनी एक वीर योद्धा थिए, तर कुष्ठरोगी पनि थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अरामका सेनाका सेनापति नामानलाई उनका राजाले खुबै मान र आदर गर्थे किनभने परमप्रभुले नामानद्वारा अरामका सेनालाई विजय दिनुभएको थियो। उनी महान् योद्धा थिए; तर उनलाई डरलाग्दो चर्मरोग थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 नामान अरामका राजाको फौजका सेनापति थिए। तिनी आफ्ना मालिकको दृष्टिमा एक महान् र अति इज्जतदार व्यक्ति थिए। किनकि तिनीद्वारा याहवेहले अरामलाई विजय दिनुभएको थियो। तिनी वीर योद्धा थिए, तर तिनलाई कुष्ठरोग लागेको थियो। Viz kapitola |