२ राजा 4:6 - पवित्र बाइबल6 उसले धेरै भाँडाहरू भरी। अन्तमा उसले आफ्नो छोरालाई भनी, “मलाई अर्को भाँडा देऊ।” तर सबै भाँडाहरू भरिएका थिए। छोराहरूमध्ये एक जनाले आमालाई भन्यो, “अरू भाँडा छैन।” त्यस बेला आँङ्खोरामा तेल सकिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 जब ती सबै भरिसके, तिनले आफ्नो एक जना छोरालाई भनिन्, “अर्को भुँडुल्को ले।” तर त्यसले जवाफ दियो, “अब एउटै भुँडुल्को पनि छैन।” तब तेल आउन पनि बन्द भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 सबै ढुङ्ग्राहरू भरिएपछि अरू ढुङ्ग्रो छ कि भनी तिनले सोधिन्। एउटा छोराले भन्यो, “अब ढुङ्ग्रो छैन।” जैतुनको तेल आउन छोड्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सबै भाँडाहरू भरिएपछि तिनले एउटा छोरालाई भनिन्, “मलाई अर्को भाँडो देऊ।” तर त्यसले जवाफ दियो, “अब कुनै भाँडो पनि छैन।” तब तेल आउन बन्द भयो। Viz kapitola |