२ राजा 4:30 - पवित्र बाइबल30 तर नानीको आमाले भनी, “म शपथ खाएर भन्छु जस्तो परमप्रभु सदा रहनु हुन्छ अनि तपाई हुनुहुन्छ, म तपाईलाई छोडेर जाने छैन।” यसकारण एलीशा उठे अनि शुनैमेली आइमाईको पछि-पछि हिंडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण30 तर ठिटाकी आमाले भनिन्, “परमप्रभुको जीवन र तपाईंको जीवनको शपथ खाएर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसैले तिनी उठेर ती स्त्रीको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तब बालककी आमाले भनिन्, “जीवित परमप्रभुलाई र तपाईंको जीवनलाई समेत साक्षी राखी म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण तिनीहरू दुवै एकसाथ फर्केर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर त्यस बालककी आमाले भनिन्, “जीवित याहवेह र तपाईंलाई साक्षी राखेर म भन्दछु, म तपाईंलाई छोड्नेछैनँ।” यसकारण एलीशा उठेर त्यस स्त्रीको पछि लागे। Viz kapitola |