२ राजा 4:1 - पवित्र बाइबल1 अगमवक्ताहरूका समूह मध्ये एउटाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “तपाईंको दास मेरो पति अहिले मरे। तपाईलाई थाहै छ कि उनले परमप्रभुको सम्मान गर्दथे। तर उनले एक जना मानिसको ऋण लिएका थिए। र अहिले त्यो मानिसले मेरो दुइजना छोराहरूलाई लिन र तिनीहरूलाई आफ्नो दास बनाउन आइरहेको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अगमवक्ताहरूमध्ये एक जनाकी पत्नीले एलीशालाई हपारेर भनिन्, “तपाईंका दास मेरा पति मर्नुभयो। तपाईंलाई थाहै छ कि उहाँले परमप्रभुलाई अति आदर गर्नुहुन्थ्यो। तर अब मेरा दुई भाइ छोराहरूलाई लगेर कमारा तुल्याउन उहाँका साहूकार आइरहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अगमवक्ताहरूमध्ये एक जनाकी पत्नीले एलीशालाई यसो भनेर बिन्ती गरिन्, “हजुर, मेरो लोग्ने मरे! उनी परमेश्वरको डर मान्थे, त्यो तपाईंलाई थाहै छ। तर अब उनका साहूले ऋणको सट्टामा मेरा दुई छोराहरूलाई कमारा बनाउन लैजान चाहन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 एक दिन अगमवक्ताहरूको दलका एउटी मानिसकी पत्नीले एलीशालाई बिन्ती गरिन्, “तपाईंका सेवक मेरा पतिको मृत्यु भयो। उहाँले याहवेहको भय मान्नुहुन्थ्यो भनी तपाईं जान्नुहुन्छ। तर अब उहाँलाई ऋण दिने व्यक्ति मेरा दुई छोराहरूलाई आफ्ना दास बनाउन भनी आउँदैछन्।” Viz kapitola |