२ राजा 3:27 - पवित्र बाइबल27 तब मोआबका राजाले आफ्नो जेठो छोरालाई लगे। यो त्यही छोरा थियो जो उनीपछि राजा हुनेवाला थिए। शहरको चारैतिर भित्ताहरूमाथि मोआबका राजाले आफ्नो छोरालाई होमबलिको रूपमा बलि चढाउन तयार भए। ठूलो रीस इस्राएलमाथि पर्यो। यसकारण इस्राएलका मानिसहरू मोआबका राजालाई छोडेर आफ्नो देशतिर फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 तब उनले आफ्नो जेठो छोरो, उनीपछि राजा हुनेलाई सहरको पर्खालमा लगेर बलिदान स्वरूप चढ़ाए। इस्राएलमाथि साह्रै क्रोध पर्यो, र तिनीहरू फर्केर आफ्नै देशमा गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 यसर्थ तिनले आफ्ना जेठा छोरालाई सहरको पर्खालमा मोआबको देवतालाई बलिदान चढाए। यिनै जेठो छोरो उनीपछि राजा हुनेथिए। त्यो देखेर इस्राएलीहरू डराए र सहरबाट हटी आफ्नै मुलुकमा फर्किगए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 तब तिनले तिनीपछि राजा हुने आफ्ना जेठा छोरालाई लगेर त्यसलाई सहरको पर्खालमाथि बलिदानस्वरूप चढाए। इस्राएलको विरुद्धमा उठेको क्रोध प्रचण्ड थियो। इस्राएलीहरू त्यहाँबाट हटेर आफ्नै देशमा फर्के। Viz kapitola |