Online Bible

- Reklamy -




२ राजा 3:25 - पवित्र बाइबल

25 इस्राएलीहरूले शहरहरू असल पारे। तिनीहरूले मोआबमा प्रत्येक असल खेतमा ढुङ्गा फ्याँके। तिनीहरूले पानीका सबै मुहानहरू बन्दगरे र तिनीहरूले सबै असल रूख काटेर ढालिदिए। कीरहेरशेत मात्र ढुङ्गाको पर्खालसँग छोडियो। तर घुँयेत्रो हान्ने मानिसहरूले कीरहेरशेतलाई घेरे र त्यसमाथि आक्रमण गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 तिनीहरूले सहरहरूलाई सर्वनाश गरे, र सबै मानिसले हरेक असल खेतमा एउटा-एउटा ढुङ्गा फ्‍याँकेर जमिन जताततै ढुङ्गैढुङ्गाले भरिदिए। तिनीहरूले पानीका सबै मूललाई थुनिदिए, र हरेक असल रूख काटेर ढालिदिए। तिनीहरूले कीर-हरेशेतलाई मात्र त्‍यसका ढुङ्गाहरूसमेत त्‍यसकै ठाउँमा छोड़िदिए, तर घुयेँत्राले सुसज्‍जित भएका मानिसहरूले त्‍यसलाई पनि घेरा हालेर आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 र तिनीहरूका सहरहरू ध्‍वंस पारे। खेद्दा बाटोमा परेका प्रत्‍येक मलिला खेतबारीमा सबै इस्राएलीहरूले ढुङ्गा फाल्थे र ढुङ्गा भरिदिन्‍थे। तिनीहरूले पानीका मुहानहरू पनि बन्‍द गरिदिए र फलका रूखहरू काटी ढालिदिए। अन्‍तमा तिनीहरूको राजधानी कीर-हरेशेत मात्र बाँकी रह्यो र घुँयेत्रो हान्‍नेहरूले त्‍यसलाई पनि घेरेर हमला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तिनीहरूले नगरहरू नष्‍ट गरिदिए; र प्रत्येक असल जमिन ढुङ्गाले भरिदिए। तिनीहरूले प्रत्येक पानीको मूललाई बन्द गरिदिए। अनि प्रत्येक असल रूखलाई काटेर ढालिदिए। कीर-हरेशेतलाई मात्र त्यसका ढुङ्गाहरूसहित त्यसकै गाउँमा छोडिदिए। तर घुयेँत्रोधारी मानिसहरूले त्यसलाई पनि घेरेर आक्रमण गरे।

Viz kapitola kopírovat




२ राजा 3:25

Následuj nás:

Reklamy


Reklamy