२ राजा 25:23 - पवित्र बाइबल23 सेनाका सेनापतिहरू नतन्याहका छोरा ईश्माएल, कारेहका छोरा योहानान, नतोपातका तन्हमेतका छोरा सरायाह अनि माकाईका छोरा याजन्याह थिए। यी सेनापतिहरू तथा उनका मानिसहरूले थाह पाए, बाबेलका राजाले गदल्यालाई राज्यपाल बनाए। यसर्थ तिनीहरू गदल्याहसँग भेट गर्न मिस्पा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेको कुरा सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ आए— नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह, र तिनीहरूका मानिसहरू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 अझसम्म समर्पण नहुने यहूदाका अधिकृत र सिपाहीहरू त्यो कुरा सुनेर मिस्पामा गई गदल्याहपट्टि लागे। ती अधिकृतहरू नतन्याहको छोरो इश्माएल, कारेहको छोरो योहानान, नतोपाती नगरका तन्हूमेतको छोरो सरायाह र माका सहरका याजन्याह थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 जब सेनाका सबै अधिकृतहरू र तिनीहरूका मानिसहरूले बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल नियुक्त गरेका सुने, तब नतन्याहको छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह, माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू मिस्पामा गदल्याहकहाँ आए। Viz kapitola |