Online Bible

- Reklamy -




२ राजा 23:8 - पवित्र बाइबल

8-9 योशियाहले यहूदाका शहरहरूबाट सबै पूजाहारीहरूलाई निकाले। उसले ती पूजाहारीहरूले धूप जलाउने उच्च ठाउँहरू गेबादेखि बेर्शेवा सम्मलाई अपवित्र तुल्याइदिए। योशियाहले यहोशूको देब्रेपट्टिको द्वार भएको उच्च ठाउँ भत्काइदिए। (यहोशू त्यस शहरको शासक थिए।) तर पूजारी जो उच्च ठाउँहरूमा बलि चढाउने गर्दथे तिनीहरू यरूशलेममा परमप्रभुको वेदीमा आएनन्। त्यसको सट्टामा तिनीहरूले सधारण मानिसहरूसँग अखमीरे रोटी खाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 योशियाहले यहूदाका नगरहरूबाट सबै पूजाहारीहरूलाई निकाले, र उनीहरूले धूप बाल्‍ने गरेका गेबादेखि बेर्शेबासम्‍मका अल्‍गा-अल्‍गा ठाउँमा भएका पूजाथानहरूलाई तिनले अपवित्र तुल्‍याइदिए। तिनले ढोकाका देवता-थानहरू भत्‍काइदिए— सहरका राज्‍यपाल यहोशूको ढोकाको सामुन्‍ने, जो सहरको मूल ढोकाको देब्रेपट्टि छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहूदाका सहर-सहरमा भएका पूजाहारीहरूलाई उनले यरूशलेममा ल्‍याए र सारा देशभरि तिनीहरूले बलि चढाउने गरेका वेदीहरू अपवित्र गरिदिए। सहरका मूल-ढोकाको बायाँपट्टि त्‍यस सहरका बडा-हाकिम यहोशूले बनाएको ढोकाछेउ भएका पशु देवताका नाममा अर्पण गरिएका वेदीहरू पनि उनले भत्‍काइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीहरूलाई ल्याए; र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बालेका अग्ला देवस्थानहरूलाई अपवित्र तुल्याइदिए। तिनले सहरमा राज्यपाल यहोशूको ढोकाको मूर्ति पुज्ने देवस्थानहरू भत्काइदिए, जुन सहरको मूलढोकाको देब्रेपट्टि थियो।

Viz kapitola kopírovat




२ राजा 23:8

Následuj nás:

Reklamy


Reklamy