२ राजा 23:4 - पवित्र बाइबल4 तब राजाले प्रधान पूजाहारी हिल्कियाह, अरू पूजाहारीहरू तथा द्वारपालकहरूलाई बाल देवता, अशेरा देवी तथा आकाशका ताराहरूको सम्मानका लागि बनाइएका थाल र चीजहरू परमप्रभुको मन्दिरबाट बाहिर निकाल्ने आदेश दिए। त्यसपछि योशियाहले ती कुराहरूलाई यरूशलेमबाहिर किद्रोन खोल्साको खेतमा जलाए। तब तिनीहरूले खरानी बेतेलमा लगे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 राजाले प्रधान पूजाहारी हिल्कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे। तिनले यी सबै यरूशलेमको बाहिर किद्रोन खोल्साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 त्यसपछि योशियाहले मुख्य पूजाहारी हिल्कियाह, उनका सहायक पूजाहारी र मन्दिरको मूल-ढोकामा पहरा दिने सिपाहीहरूलाई बाल-देवता, अशेरा-देवी र ताराहरूको पूजामा प्रयोग गर्ने सामानहरू मन्दिरबाट बाहिर निकाल्ने आज्ञा दिए। राजाले ती सबै सामानहरू सहरबाहिर किद्रोनको बेसी-छेउमा जलाए र खरानीचाहिँ बेथेलमा पुर्याउन लाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 राजाले प्रधान पुजारी हिल्कियाह, तिनको दर्जामुनिका पुजारीहरू र पहरेदारहरूलाई याहवेहको मन्दिरबाट बाल, अशेरा र सारा तारामण्डलका निम्ति बनाइएका सबै चीजहरू हटाउने आदेश दिए। तिनले ती यरूशलेमको बाहिर किद्रोन खोल्साका खेतहरूमा जलाइदिए; र तिनको खरानी बेथेलमा लगे। Viz kapitola |