२ राजा 23:3 - पवित्र बाइबल3 राजा खाँबोको छेउमा उभिएर अनि परमप्रभुसित करार गरे। उनले परमप्रभुलाई अनुशरण गर्ने अनि उहाँका आदेशहरू, नियमहरू तथा उहाँका विधिहरू पालनगर्ने वचन दिए। उनले यो सब आत्मा र हृदयका साथ गर्ने वचन दिए। उनले यस पुस्तकमा लेखिएका वचन पालन गर्ने वचन दिए। सबै मानिसहरू राजाले गरेको करारलाई समर्थन गरेको देखाउन उभिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब खम्बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्ने करारलाई पुनर्स्थापना गरे— परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे। त्यसपछि सबै मानिसहरूले त्यस करारअनुसार हिँड्न आफूलाई धितो राखे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनी मन्दिरका स्तम्भछेउ उभिएका थिए र म परमप्रभुका आज्ञा मान्नेछु, उहाँका नियम र आज्ञाहरू पूरा मन र हृदयले पालन गर्नेछु र पुस्तकमा लेखिएको करारअनुसार चाहिएको कुरा पूरा गर्नेछु भनी उनले करार बाँधे। सबै मानिसहरूले करार पूरा गर्ने प्रतिज्ञा गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 राजा खम्बाको छेउमा उभिए, र याहवेहको पछि-पछि हिँड्न, उहाँका आज्ञाहरू, नियमहरू अनि उर्दीहरू आफ्नो सम्पूर्ण हृदय र प्राणले पालन गर्नको लागि याहवेहको उपस्थितिमा करारलाई पूरा गर्ने वाचा गरे। यसरी यस पुस्तकमा लेखिएका करारका कुराहरू पक्का गरे। तब सबै मानिसहरूले आफूलाई करारमा प्रतिज्ञावद्ध गराए। Viz kapitola |