२ राजा 23:24 - पवित्र बाइबल24 योशियाहले धामी झाँक्री, जादूगर, गृह देवता, देवमूर्तिहरू अनि यहूदा तथा यरूशलेममा मानिसहरूले पूजा गर्ने सबै डरलाग्दा चीजहरू नाश पारे। योशियाहले यस्तो काम हिल्कियाह पूजाहारीले परमप्रभुको मन्दिरमा पाइऐको पुस्तकमा लेखिएको विधि पालन गर्नका लागि गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 त्यसबाहेक परमप्रभुको मन्दिरमा पूजाहारी हिल्कियाहले भेट्टाएको व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू पूरा गर्नलाई योशियाहले सबै जोखना हेर्ने, र भूतप्रेत खेलाउने, सबै घर-देवताहरू र मूर्तिहरू, र यहूदामा र यरूशलेममा देखिने सबै घिनलाग्दा थोकहरूलाई खतम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 हिजकिया मुख्य पूजाहारीले मन्दिरमा पाएका पुस्तकमा लेखिएका नियमहरू पालन गराउन योशियाह राजाले यरूशलेम र यहूदा देशका अरू भागबाट सबै मरेका आत्मा खेलाउने र ज्योतिषीहरू र सबै घरेलु देवता, मूर्ति र अरू मूर्तिपूजाका वस्तुहरू हटाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसबाहेक योशियाहले यरूशलेममा देखिने भूतप्रेत खेलाउनेहरू, जोखना हेर्नेहरू, घर-देवताहरू, मूर्तिहरू र अरू घिनलाग्दा कुराहरू निकालिदिए। यो तिनले पुजारीले याहवेहको मन्दिरमा भेट्टाएको पुस्तकमा लेखिएको व्यवस्थाको नियमअनुसार गरेका थिए। Viz kapitola |