२ राजा 23:20 - पवित्र बाइबल20 योशियाहले अग्ला ठाउँहरूका सबै पूजाहारीहरूलाई मारे जो सामरीयामा थिए। उनले ती वेदीहरूमा भएका पूजाहारीहरूलाई मारे। यस प्रकार पूजाका ती स्थलहरू शेष पारे। त्यसपछि उनी यरूशलेम फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 त्यहाँका अल्गा-अल्गा ठाउँहरूका सबै पूजाहारीहरूलाई योशियाहले वेदीहरूमाथि मारे, र ती वेदीहरूमा तिनले मानिसहरूका हड्डी जलाए। त्यसपछि तिनी यरूशलेममा फर्के। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 उनले सबै मूर्तिपूजा गर्ने पूजाहारीहरूलाई तिनीहरूले पुजेका वेदीमाथि मारे र प्रत्येक वेदीमा मानिसका हड्डीहरू जलाए। त्यसपछि उनी यरूशलेम फर्के। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 योशियाहले ती अग्ला देवस्थानहरूका सबै पुजारीहरूलाई वेदीमाथि मारिदिए। अनि तिनीहरूमाथि मानिसहरूका हाडहरू जलाइदिए। त्यसपछि तिनी यरूशलेममा फर्के। Viz kapitola |