२ राजा 23:13 - पवित्र बाइबल13 बितेको समयमा राजा सुलेमानले यरूशलेम नजिक विध्वंसक पहाडमाथि केही अग्ला ठाउँहरू बनाएका थिए। अग्ला ठाउँहरू त्यस पहाडको दक्षिणतिर थिए। राजा सुलेमानले सीदोनका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज अश्तोरोतको सम्मानमा ती पूजा स्थलहरू मध्ये एउटा बनाए। राजा सुलेमानले मोआबका मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज कमोशको सम्मानमा पनि एउटा वेदी बनाए। र राजा सुलेमानले अम्मोनीहरू मानिसहरूले पूजा गर्ने डरलाग्दो चीज मिल्कोमको सम्मानमा पनि एउटा अग्लो ठाउँ बनाए। तर राजा योशियाहले ती सबै पूजाका स्थलहरू अपवित्र बनाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 यरूशलेमको पूर्वपट्टि भ्रष्ट पारिएको डाँड़ाको दक्षिणपट्टि भएका अल्गा-अल्गा ठाउँहरू, जुनहरू इस्राएलका राजा सोलोमनले सीदोनीहरूको घिनलाग्दो देवी अश्तोरेत, मोआबको घिनलाग्दो देवता कमोश र अम्मोनका मानिसहरूको घृणित देवता मोलोखका निम्ति बनाएका थिए, ती पूजा-थानहरू पनि तिनले अपवित्र तुल्याइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 जैतुन डाँडा अथवा विनाशको डाँडाको दक्षिणमा यरूशलेमको पूर्वपट्टि सोलोमन राजाले सीदोनीहरूकी देवी अश्तोरेत, मोआबीहरूको देवता कमोश र अम्मोनीहरूका देवता मोलेखका पूजाका निम्ति बनाएका घिनलाग्दा मूर्तिहरूलाई योशियाहले अपवित्र गरिदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 राजाले यरूशलेमको पूर्वपट्टि दुष्टताको डाँडामा भएका अल्गा देवस्थानहरू, अर्थात् इस्राएलका राजा सोलोमनले सीदोनीहरूका घृणित देवी अश्तोरेतको निम्ति मोआबका घिनलाग्दो देवता मोलेख र अम्मोनका निम्ति बनाएका अग्ला ठाउँहरूलाई अपवित्र तुल्याइदिए। Viz kapitola |